जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् :प्रचण्ड

२०७९ भाद्र ३०, बिहीबार ११:२३ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो निर्वाचनपछि जनताले माओवादीलाई देशको चाबी दिन चाहेको बताएका छन् । चाहेमा देशको राजनीति नै मोड्न सक्ने क्षमता आफ्नो पार्टीसँग रहेको दाबी गर्दै उनले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

माओवादीका दिवंगत नेता स्व. पोस्ट बहादुर बोगटीको स्मृतिमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । माओवादी नभए देशमा उपलब्धिहरु पनि गुम्ने अवस्था रहेको बताउँदै उनले भने, जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् ।

देशको राजनीतिलाई कता लैजाने भन्ने कुरा माओवादीले चाहेजस्तो हुने देखिन्छ । अब आगामी निर्वाचनमा पार्टी एकताबद्ध भई नेताहरू जनताका बीचमा जानुपर्छ । यसो गरेमा हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुनेछौँ ।’टिकटमा व्यक्तिगत स्वार्थ नहेरेर पार्टीगत स्वार्थ हेर्नुपर्ने बताउँदै उनले टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार