क्रिकेट जगतमै शोकको लहर,अम्पायर असद रउफको निधन

२०७९ भाद्र ३०, बिहीबार १२:४८ बजे

पाकिस्तान :पाकिस्तानका आईसीसीका पूर्व प्यानल अम्पायर असद रउफको निधन भएको छ । उहाँ ६६ वर्षको हुनुहुन्थ्यो । उनले प्रथम श्रेणी क्रिकेट पनि खेलेका छन् । उनले ४९ टेस्ट र ९८ एकदिवसीय खेलमा अफिसर गरेका छन् । उनले आईपीएल खेलमा अम्पायर समेत गरेका छन् । । पाकिस्तानको ‘दुनिया न्युज’का अनुसार रउफका भाइ ताहिर रउफले यो खबरको पुष्टि गरेका हुन् ।

असद रउफ न् २००६ मा आईसीसीको एलिट प्यानलमा परेका थिए । त्यसपछि उनले ४७ टेस्ट, ९८ एकदिवसीय र २३ टी–२० खेलमा अम्पायरिङ गरेका थिए । उनको अम्पायर करियर सन् १९९८ मा सुरु भएको थियो । सन् २००० मा भारत र पाकिस्तानबीचको एकदिवसीय खेलबाट उनले अन्तर्राष्ट्रिय स्तरमा अम्पायरिङको दुनियाँमा डेब्यु गरेका थिए ।

रउफ आईपीएलमा पनि देखा परेका थिए तर २०१३ मा स्पट फिक्सिङको आरोप लागे पछि उनको करियर यहीँ समाप्त भयो। अम्पायरिङमा प्रतिबन्ध लगाइएपछि असद रउफ विगत केही वर्षदेखि लाहोरमा पसल चलाएर जीवन बिताइरहेका थिए ।उनको जुत्ता र कपडाको पसल थियो । बीबीसी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार