धनुषामा हत्या गरेर भागेका आरोपी कतारबाट पक्राउ

२०७९ भाद्र ३०, बिहीबार १२:२५ बजे

धनुषा : धनुषामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ । धनुषा घर भएका राजिवकुमार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले बताए ।

मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटको क्रममा उनीहरुले धारिलो हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ । हत्यापछि फरार भएका मण्डलविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आधारमा कतार प्रहरीले मण्डललाई पक्राउ गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार