सन्दीपलाई आतंकवादीजस्ताे व्यवहार किन ? प्रमोद खरेल

२०७९ भाद्र ३०, बिहीबार १२:३५ बजे

काठमाडौं : चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।

गायक खरेलले ट्वीट गर्दै लामिछानेबिरुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् । सन्दीप यतिबेला प्रहरीको फरार सूचीमा छन् । नाबालिग बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेकै बेला प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन बन्न पुगेका हुन् ।

यसै समयमा चर्चित गायक खरेलले सन्दिपसँग सम्बन्धित गतिविधिहरुलाई लिएर उक्त टिप्पणी गरेका हुन् । ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए,’ उनले लेखका छन्, ‘देशको झण्डा छातिमा बोकेको मान्छे हो । हल्ला नगरि आवश्यक कानूनी प्रक्रियामा जाँदा के हुन्छ ?’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार