सुर्खेतमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने, निःशुल्क औषधि उपचार

२०७९ भाद्र ३०, बिहीबार १२:४३ बजे

सुर्खेत : अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ ।

​विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो । केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ ।

जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ । विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार