मुलुकको प्रगतिका लागि पनि इलामे जनताले भोट दिनेमा ढुक्क छु : झलनाथ खनाल

२०७९ भाद्र ३०, बिहीबार १३:०५ बजे

इलाम : नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले इलामका जनताले मत दिनेमा ढुक्क भएको बताएका छन् । सूर्योदय नगरपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रममा सहभागी हुन् आएका खनालले मुलुकको प्रगतिका लागि पनि जनताले आफूलाई मतदान गर्ने बताएका हुन् । नेता खनालले इलामे जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने बताए ।

उनले स्थानीय तह र अब हुने निर्वाचन फरक रहेको भन्दै यो निर्वाचनमा गठबन्दन दलका नेता कार्यकर्ता विभाजित नहुने बताए । निर्वाचन नजिकिर्दै गर्दा इलाम आइपुगेका उनले भने, ‘गणतन्त्रका पक्षधर, संविधानका पक्षधर, मुलुकमा स्थायीत्व प्रगतिका पक्षधर र सम्भव हुन्छ भने समाजवादका पक्षधरहरुलाई इलामे जनताले यस निर्वाचनमा सहयोग गर्नुपर्छ ।’

सत्ता गठबन्धनबीच कार्यगत एकता भएकाले कतिपय विषयमा मतभिन्नता हुनु स्वभाविक भएको खनालले बताए । प्रतिपक्षीको निरन्तरको अवरोधका कारण सरकारले काम गर्न नसकेको बताए । पाँच वर्ष संसदको भूमिकाबारे बोल्दै खानालले ओली सरकारको पालामा प्रतिपक्ष निदाएर बसेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार