कोठामै आइ २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५० वर्षका पुरुष पक्राउ

२०७९ भाद्र ३०, बिहीबार १४:२६ बजे

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरामा युवतीको कोठामै पुगेर बलात्कार गरेकाे अभियाेगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीमा आएको उजुरीका अनुसार ५० वर्षीय ललित श्रेष्ठले २५ वर्षीया महिलालाई उनकै कोठामा पुगेर जबरजस्ती करणी गरेका थिए ।

ती महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्दै आएकी थिइन् । घटनापछि आइतबार ती पीडित महिलाले आफ्नो डेरामा आई जबरजस्ती करणी गरी फरार रहेको भनि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यसपछि बुधबार प्रहरीले श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार