नेपालमा राम्रो दर्शक पाइरहेको ‘झिँगेदाउ’ अब अमेरिकामा पनि प्रदर्शन हुने

२०७९ भाद्र ३०, बिहीबार १४:३५ बजे

काठमाडौं : स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या भएकोले शो संख्या निर्धारण भएको छैन’ देउजाले भने ‘त्यसका लागि फेरि फाइल जाँदैछ । भोली बिहानसम्म त सो हाल्छ होला ।’

आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्मले स्वदेशमा राम्रो दर्शक पाइरहेको छ । फिल्म निर्देशक देउवाले नै निर्माण गरेका हुन् । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल , कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको अभिनय छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार