वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरलाई बुझाउने

२०७९ भाद्र ३०, बिहीबार १५:२५ बजे

काठमाडौं : वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ। अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरालाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत २०७९ असार समान्तसम्म सबै तिरिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो । यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन ऐन आउनुभन्दा अघि घरबहाल कर राजस्वा कार्यालयमा बुझाउदै आएको थियो।

‘अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम ( स्थानीय सरकार संचालन ऐन २०७४) जारी हुनु अघि झै केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेल मार्फत मिति ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आ.व. को श्रावण १ गते देखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जम्मा गरीने व्यहोरा अनुरोध छ,’ अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।

केही समय अघि काठमाडौं महानगरले वीर अस्पताललाई घरबहाल कर तिर्न ताकेता गरेको थियो । तर, अस्पतालले भने घरबहाल कर केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेलमार्फत तिरेकाले राजस्वमा नै गएर विवरण हेर्न भनेको थियो। पछिल्लो समय महानगरले उठाउन बाँकी रहेको कर निरन्तर उठाइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार