डोजर लिएर टुकुचा खोला खोज्दै काठमाडौं महानगर

२०७९ भाद्र ३०, बिहीबार १५:३६ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

जय नेपाल हल क्षेत्रमा डोजरले अहिले १० मिटर गहिरो खाल्डो बनाइसके पनि टुकुचा खोला नभेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार डोजर अन्य सम्भावित ठाउँमा पनि खन्ने प्रयास भइरहेको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेको नगर प्रहरीले बताएको छ ।

वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको बताए । टुकुचा खोला वडा नम्बर ४ स्थित निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएर दरबार संग्राहलय र जयनेपाल हल क्षेत्रमा टुकुचा खोला देखिन छाडेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार