ब्याजदरबारेको भद्र सहमति हट्यो, बैंकहरुले अब आफूअनुकुल ब्याजदर तोक्न पाउने

२०७९ भाद्र ३०, बिहीबार १७:१९ बजे

कमर्शियल बैंकहरुबीच ब्याजदरबारे कायम भद्र सहमति हटेको छ। कमर्शियल बैंकहरुको सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यसमितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उक्त निर्णयअनुसार अब राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफुअनुकुल ब्याजदरबारे निर्णय लिन पाउनेछन।

एनबिए ले ब्याजदरमा कायम सहमति हटाएसँगै तत्काललाई निक्षेपको ब्याज बढ्न सक्ने देखिन्छ भने अहिले निक्षेपमा बढेको ब्याजदरको असर आगामी महिनामा कर्जामा पनि देखिनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिनादेखि लागू हुनेगरि यो महिना ब्याजको दर सार्वजनिक गर्दा सम्बन्धित बर्गका सबै सँस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औषत तथा न्युनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्नेछन।

एनबिए को पछिल्लो भद्र सहमतिअनुसार भदौ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत तोकिएको थियो। तर अब भने बैंकहरुले असोज महिनाको लागि आज र भोलि आफुअनुकुल ब्याजदर सार्वजनिक गर्न पाउनेछन।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार