४ करोड रूपैयाँ लिएर फैसला गरेको भन्ने सुन्नमा आएको छ त्यसमाथि छानविन होस् : श्रेष्ठ

२०७९ भाद्र ३०, बिहीबार १७:४३ बजे

काठमाडौं : नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दावी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे ।

बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्र जस्ता फेरि नजन्मिउन् भन्ने कामना गरे।

उनले प्रधानन्यायाधीश राणाका भाइले बिचौलियाको भूमिका खेलेको कुरा बालुवाटारमा गएर भनेको उल्लेख गरे । कुनै मुद्दामा राणाले ४ करोड रूपैयाँ लिएर फैसला गरेको भन्ने सुन्नमा आएकोले त्यसमाथि पनि छानविन होस् भन्ने माग गरे । उनले आफु ७१ वर्षको भएको र चोलेन्द्र शमशेरभन्दा निकै अगाडिदेखि वकालत पेशामा आबद्ध रहेको बताउँदै न्यायाधीश नियुक्तिमा चलखेल गरेको भए कारबाही भोग्न तयार रहेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार