जम्मु कश्मीरमा खाल्डोमा बस खस्दा ७ को मृत्यु

२०७९ भाद्र ३०, बिहीबार १७:५४ बजे

काठमाडौं : भारतको जम्मू कश्मीरमा पछिल्लो २४ घण्टामा दोस्रो ठूलो सडक दुर्घटना भएको छ । राजोरीमा भएको उक्त दुर्घटनामा बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा धेरै मानिसको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ भारतीय सेना, प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर उद्दार कार्यमा खटिइरहेका छन् । स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार हालसम्म घटनास्थलबाट ७ जनाको शव फेला परेको छ । साथै घाइते सबैलाई अस्पताल लगिएको छ । जानकारीका अनुसार दुर्घटनाको शिकार भएको बस पुँछबाट जम्मू गइरहेको थियो । पुँछमा भएको थियो पहिलो दुर्घटना

यसअघि बुधबार जम्मु कश्मीरको पुँछ जिल्लाको मण्डी तहसीलसँग जोडिएको सावजियानको बुरारी नाला क्षेत्रमा तीव्र गतिमा रहेको ओभरलोड मिनिबस २५० फिट खाडलमा खस्दा १२ यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन विद्यालयका विद्यार्थी र चार महिला पनि रहेका छन् । उक्त दुर्घटनामा १० विद्यालयका विद्यार्थी घाइते भएका छन् । नियमको बेवास्ता गर्दै यस बसमा बढी यात्रु भरिएको बताइएको छ । जानकारी अनुसार २४ सिटको यो बसमा क्षमताभन्दा ४० जना बढी थिए ।

बुधबार भएको उक्त सडक दुर्घटनामा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

सोही क्रममा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले मृतकका आश्रितलाई पाँच–पाँच लाख र घाइतेलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार