चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

२०७९ भाद्र ३०, बिहीबार २०:३८ बजे

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो ।

आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले हाम्रोदेसलाई जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगले सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरी स्वीकृत भएको वैदेशिक भ्रमणबाहेक नेपल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट खर्च हुने गरी वैदेशिक भ्रमण गर्न नपाइने आयोगको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार