यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९ मंसिर २९, बिहीबार ०८:४४ बजे

काठमाडौं : नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार