माइतीघरको झ्यालबाट दृश्यावलोकनमा राष्ट्रपति (तस्बिरहरू)

२०७९ मंसिर २९, बिहीबार ०८:५२ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (२८ मंसिर) भोजपुर पुगेकी छिन्। आफ्नो गृह जिल्ला भोजपुरमा निर्माण भएको बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि भण्डारी बुधबार भोजपुर पुगेकी हुन्।

रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको उक्त शिक्षालय राष्ट्रपति भण्डारीको पहलमा बनेको हो।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। राष्ट्रपति भण्डारीले बुबा(आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन्। श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामाकरण भएको उक्त शिक्षालय स्थापना भएसँगै प्राविधिक क्षेत्रका विद्यार्थीका लागि सहज हुने उनले विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले आफ्नो जन्मगाउँसाथै जन्मघर पनि निरिक्षण गरेकी थिइन्। भण्डारीको जन्म २०१८ साल असार ५ गते मानेभन्ज्याङमा भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार