काठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द हुने

२०७९ मंसिर २९, बिहीबार ११:०७ बजे

काठमाडौँ : आज (२९ मंसिर) काठमाडौं महानगरपालिकाको कार्यालय बन्द हुने भएको छ। २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने जनाइएको छ।

एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरु र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी गराएको छ।

२८ औं महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।

आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने कार्यक्रम राखेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार