
काठमाडौं: चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते साधारण सभा डाकेको छ। सभाले सामान्य प्रस्ताव उपर छलफल गर्ने जनाएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव नगरेको हुँदा यसबारे कुनै प्रस्ताव सभामा लगिएको छैन।
अध्यक्षको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन र गत आवको वासलात बारे छलफल हुँदैछ। लेखापरीक्षक नियुक्ति तगायतका प्रस्ताव सभामा लगिएको छ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १२ गते एकदिन बुक क्लोज गर्दैछ। यस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।