
काठमाडौं : शिवम् सिमेन्टले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित उक्त लाभांश कम्पनीको आगमी सातौं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा समेत बोलाएको छ ।
सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ। पुस १९ गतेसम्मका कायम सेयरधनीरूले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउँनेछन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।