
काठमाडौं : हिउँद लागेसँगै देशमा चिसो दिनानुदिन बढिरहेको छ । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ ।
हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुनुका साथै स्तरीय रहेको कम्पनीको भनाइ छ ।
‘यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिन्छ’, कम्पनीले भनेको छ । हिमस्टारका हिटरहरूको मूल्य २,३९० देखि रु ४,०४० रुपैयाँसम्म पर्ने जनाइएको छ ।
विगत कयौँ वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि विक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।