हुस्सुका कारण तराईका उडान प्रभावित

२०७९ मंसिर २९, बिहीबार १३:०७ बजे

काठमाडौं : हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ ।कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् ।

यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ ।

प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको बुद्धले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार