अमेरिकाले फर्काइदियो गायिका आस्था राउतलाई

२०७९ मंसिर २९, बिहीबार १३:१९ बजे

काठमाडौं : चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो । आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् । ‘भिजिट भिषामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो’, आस्थाले अगाडि भनिन्– ‘अहिले भने भिजिट भिषा हुँदैन, पफमेन्स भिषा चाहियो भनेर फर्कियो ।’ पहिले भन्दा अहिले अमेरिकाका नियम परिवर्तन भएको कारणले पनि आफुलाई फर्काएको हुन सक्ने आस्थाको धारणा रहेको छ ।

‘इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गरेर समस्या मिलाउनु समेत भनेका छन्’ आस्थाले थपिन् । गत डिसेम्बर १२ तारिकमा नेपाल फर्किएकी आस्था आफ्नो भिषाको बिषयमा अमेरिका दुतावास जान भने बाँकी रहेको छ ।

आस्था यस अगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन् । पटक–पटक विवादमा पनि छाउने आस्था पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको मामलामा विवादमा फसेकी थिइन् ।

नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो । ‘झुम्के बुलाकी’, ‘छलक छलक’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार