देहव्यापारमा संलग्न हुन् आएका भारतीय नागरिकको कुटाइबाट एक नेपालीको मृत्यु

२०७९ मंसिर २९, बिहीबार १४:४८ बजे

कैलाली : कैलालीमा भारतीय नागरिकको कुटाइबाट एक नेपालीको ज्यान गएको छ । देहव्यापारमा संलग्न हुन् आएका भारतीय नागरिसंग कार पार्किङ गर्ने विषयमा विबाद भएको थियो । कैलालीमा वर्दगोरिया १ मुडामा रहेको बादी टोलमा उक्त घटना भएको हो । उक्त ठाउँमा खुल्लेयाम भईरहेको देहव्यापारले असुरक्षा बढेको भन्दै स्थानीयहरु आन्दोलित समेत भएका छन् ।

भरतबाट देहव्यापारमा आएका नागरिकले रातको समयमा आफ्नो पसल अगाडी कार पार्किङ गर्न थाले पछि स्थानीय लालबहादुर बोहराले अवरोध गर्न खोजे तर त्यही नै उनको मृत्युको कारण बन्यो । यौवनको उन्मातमा मदिराको समिश्रणले जघन्य अपराध गरायो । घटनामा संलग्नहरु अहिले पनि फरार छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा विगत देखी नै खुल्लेयाम हुँदै आएको देहव्यापारले असुरक्षा बढाए पछि पेसा बन्द हुनुपर्ने माग गर्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

करिब ३५ घरधुरी रहेको बादी बस्तीमा २५ बढी यौनकर्मी छन् । ति मध्ये ४० प्रतिशत नाबालिका छन । स्थानीयका अनुसार होटेल संचालनको नाममा देहव्यापार निकै मौलाएको छ । प्रहरीको बेवास्ता शैलीले उनहिरुको व्यवसायमा थप बल पुगेको छ । आँखै अघि कानुनबाट बन्देज यो व्यवसाय हुँदा पनि प्रहरी प्रशासन र स्थानीय सरकार भने मुख दर्शक बनेको छ ।

विगत देखी नै त्यस ठाउँमा देहव्यापार हुन्छ भन्ने थाहा पाएको प्रहरीले त्यो व्यवसायमा बालिका पनि संलग्न छन भन्ने बारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजेको छ ।

खुल्लेयाम हुने देहव्यापारको बारेमा अहिले सम्म मुख नखोलेको स्थानीय सरकारले ज्यानै जाने घटना हुन थालेपछि भने चासो दिएको छ । यद्धपी यो विषयले कार्यपालिकामै स्थान पाउनु पर्ने हो तर सर्वदलिय र सर्वपक्षिय छलफल गरी यसलाई नियन्त्रण गर्ने गाउँ सरकारको भनाई छ ।

कुटपिट पछि उपचारको जिम्मा लिएका दुई जना नेपाली भने पक्राउ परेका छन् । पिडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरी आफ्नो नियन्त्रणमा रहेको र फरारहरुको खोजीकार्य भईरहकेका प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार