
काठमाडौं : काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.१ प ७६३ नम्बरको पर्यटक बसले बाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।