भोलि सार्वजनिक हुँदैछ अहिलेसम्मकै सबभन्दा महंगो फिल्म

२०७९ मंसिर २९, बिहीबार १५:१६ बजे

एजेन्सी : संसारको सबभन्दा महंगो फिल्म ‘अवतार : द वे अफ वाटर’ भोलि ( शुक्रवार ) सार्वजनिक हुँदैछ । यो फिल्म बनाउन २५० मिलियन डलर अर्थात् ३२०० करोड रुपैयाँ खर्च भएको छ ।

अवतारको कन्सेप्ट निर्देशक जेम्स क्यामरोनकी आमा शर्लीले सपनामा देखेकी थिइन् । शर्लीले नीलो रंगकी एक युवतीलाई सपना देखिन् । ती युवतीको उचाइ १२ फीट थियो ।

आमाले जेम्सलाई यो सपनाका बारेमा बताउँदा उनलाई नीला मानिसहरू बस्ने ग्रहको आइडिया आएको थियो । यो जेम्सले टाइटानिक फिल्म बनाउनुअघिकै कुरा हो ।

टाइटानिक बनाएको १२ वर्षपछि जेम्सले अवतार बनाएका हुन् । त्यसको १३ वर्षपछि अहिले दोस्रो भाग आएको थियो । अवतारअघि टाइटानिकले सबभन्दा धेरै कमाइको कीर्तिमान कायम गरेको थियो । अवतारले नै त्यो कीर्तिमान तोडेको थियो ।

जेम्स क्यामरोनले आफ्ना फिल्महरूमा उपयोग गरेको प्रविधि आफ्नो समयभन्दा निकै अघिको थियो । द टर्मिनेटरदेखि अवतार २ सम्म उनले प्रत्येक फिल्ममा चमत्कार गरेका छन् । जेम्स आफ्नो फिल्म आफैं लेख्छन् र त्यसको छायांकनको योजना पनि आफैं बताउँछन् ।

अवतारका लागि जेम्स क्यामरोनले सन् २००६ देखि स्क्रिप्टमा काम गरेका थिए । फिल्ममा देखिएका एलियनहरूका लागि उनले फरक भाषा बनाउन लगाए । भाषाविद् डा पल फ्रोमरले यसलाई बनाएका थिए ।

फिल्मका लागि जेम्सले सेटअप पनि बेग्लै किसिमको बनाएका थिए । अवतारलाई दर्शकहरूले निकै रुचाए । तर अवतार २ का आरम्भिक समीक्षाहरू उत्साहजनक छैनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार