सेयर बजार दोहोरो अंकले ओरालो

२०७९ मंसिर २९, बिहीबार १५:३५ बजे

काठमाडौं : बिहीबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ। आज परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको छ।

आज १ अर्ब १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। बिहीबार एनसीसी बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। नेप्सेका अनुसार ३ जना लगानीकर्ताले उक्त रकम बराबरको १९ लाख २२ हजार २७० कित्ता सेयर बिक्री गरेका छन्। शिवम् सिमेन्टको पनि ९ करोड बराबरको सेयर खरिद बिक्री भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार