सोविता गौतमको चुनाव खर्च ३ लाख ७१ हजार

२०७९ मंसिर २९, बिहीबार १६:४६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित भएकी सोविता गौतमले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी छन् । उनले चुनावमा आफ्नो ३ लाख ७१ हजार खर्च भएको बुझाएकी हुन् ।

उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।

यस्तै, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको बताएकी छन् ।

उनले माओवादी केन्द्रकी पूर्व सभामुखसमेत रहेकी ओनसरी घर्ती मगर र एमालेका मणिराम फुयाललाई हराएकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार