
काठमाडौं : दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसंघका अधिकारीले जनाएका छन् ।
घटनाबारे थप विवरण प्राप्त भएको छैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।