मलेसियामा एकैदिन कोभिड १९ बाट १२ सयभन्दा बढी सङ्क्रमित

२०७९ मंसिर २९, बिहीबार १८:१५ बजे

एजेन्सी : मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

तीमध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ । यस समयमा कोरोना सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

यस अवधिमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरूको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार