प्रचण्ड नेतृत्वको सरकारमा एमाले जादैन : सूर्य थापा

२०७९ मंसिर २९, बिहीबार १८:४२ बजे

बुटवल : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान क्षेत्र नम्बर १ बाट निर्वाचित सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् ।

आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका हुन् । उनले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली काँग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताए ।

उनले यदि प्रचण्डलाई प्रधानमन्त्री मान्ने एमालेसँग प्रस्ताव आएका त्यसमा आफूले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरे । उनले विगतमा वामपन्थी एकताको नाममा प्रचण्डले पार्टी कब्जा गर्न खोजेकोले अहिले उनीसँग कुनै पनि तालमेल तथा एकता सम्भावना नरहेको जिकिर गरे ।

थापाले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताए । साना दलहरूको च्याँखे थाप्ने मात्र काम गरेकोले देशको विकासको लागि नेपाली काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने उनको भनाई थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार