गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

२०७९ मंसिर २९, बिहीबार १९:२५ बजे

काठमाडौं : सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले जानकारी दिइन् ।

यो पनि पढनुहोस २९ मंसिर २०७९, बिहीबारपूर्वमिस नेपाल अस्मी र भारतीय गायक सनमबीचको रोमान्स टुंगिएकै हो काठमाडौं । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे ।

सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ अस्मी र सनम दुवैले इन्स्टाग्रामबाट एकअर्काका तस्वीर मेटाएका छन् । केही समययता दुवैले एकअर्कासँगका तस्वीर पनि राख्न छाडेका छन् । केही समयअघि नै उनीहरुबीच ब्रेकअप भएको निकट स्रोतले जनाएको छ ।

प्रेममा रहँदा सनमले अस्मीलाई सम्बोधन गर्दा मर्मस्पर्शी प्रेमपत्र पनि लेखेका थिए, जहाँ उनले अस्मीलाई भविष्यकी रानी भन्दै प्रशंसा गरेका थिए । तर यतिबेला यो जोडी अलग भएको छ । सनमले नयाँ प्रेमिका सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममार्फत नागाल्याण्डकी एक गायिकालाई प्रेमिकाको रुपमा चिनाएका छन् ।

कमेन्ट्समा फ्यानले सनमलाई नागाल्याण्डकी युवतीको मन जितेको भन्दै बधाई पनि दिइरहेका छन् । उनको ब्रेकअपको चर्चा नेपालमा समेत चलिरहेको छ । सामाजिक सञ्जालमा कतिपयले सनमले नेपालकी अस्मीलाई धोका दिएको उल्लेख गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार