
शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ ।
खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् ।
दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी गरेका छन् । बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन् ।
दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिए । दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ ।
‘पठानका केही दृश्य विषालु मानसिकतामा आधारित छन्,’ उनले भने, ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ । यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।