विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)

२०७९ भाद्र ३१, शुक्रबार ०८:२३ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै १० औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको हो । 

प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । 

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।  लिखित परीक्षाका लागि पुस ९ गते सम्पर्क गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार