चोलेन्द्रको बयान सुरु, आजै सक्ने तयारी

२०७९ भाद्र ३१, शुक्रबार १०:३१ बजे

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो।

बयानको क्रममा आज समितिमा सांसदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको थियो।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। त्यसलगत्तै जबरा निलम्बित भएका थिए। उनीसँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।
हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन्। उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विभिन्‍न आरोप लगाएका छन्।

न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ छ। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार