बालेनले दिए भट्टराईलाई कडा जवाफ, फुटपाथ व्यवस्थापन गर्न तपाईंले पनि सोच्नुपर्थ्यो नि

२०७९ भाद्र ३१, शुक्रबार १०:१५ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यापारीको व्यवस्थापन गर्न सुझाव दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जवाफ फर्काएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

आज एक ट्विट गर्दै उनले मृत प्राय बनेका नदीलाई पुनजीवन दिने मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताएका छन् । यसका साथै फुटपाथ पनि व्यवस्थित गर्न उनले ध्यानाकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउककमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तीनको व्यवस्थापन गर्नैपर्छ ।’

भट्टराईको पोस्टमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजाराैंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पथ्र्यो नि ।’

बालेनको जवाफमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले बालेन पनि हर्क साम्पाङ जस्तै बन्न खोजेको आरोप लगाएका छन्

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार