इन्स्टाग्राममा अब आउने भयो रि–पोस्ट फिचर

२०७९ भाद्र ३१, शुक्रबार ११:४२ बजे

काठमाडौं : फोटो–भिडियो शेयरिङ प्लाटफर्म इन्स्टाग्राममा अब छिटै रिपोस्ट अप्सन उपलब्ध हुने भएको छ । यो फिचरले ट्वीटरको रिट्वीट फिचरले जस्तै काम गर्नेछ । यसमा प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका पोस्टहरु आफ्नो प्रोफाइलमा रिपोस्ट गर्न सक्नेछन् । फेसबुकमा पनि अन्य प्रयोगकर्ताका पोस्टहरु शेयर गर्ने सुविधा उपलब्ध छ ।

समाचार अनुसार इन्स्टाग्राममा हाल केही प्रयोगकर्ताको बीच उक्त रिपोस्ट फिचरको परीक्षण गरिरहेको छ । टेक क्रन्चको एक रिपोर्ट अनुसार इन्स्टाग्रामका प्रवक्ताले उक्त कुराको पुष्टि गरेका छन् । इन्स्टाग्राम पोस्टलाई पुनः शेयर गर्ने अर्थात् रिपोस्ट गर्ने फिचरमा काम गरिरहेको उनको भनाइ छ । इन्स्टाग्राम पोस्ट मात्र नभएर स्टोरीलाई पनि पुनः शेयर गर्नसक्ने फिचरमा पनि काम भैरहेको उनले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार