‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शन हुने

२०७९ भाद्र ३१, शुक्रबार ११:५३ बजे

काठमाडौं : प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो ।

फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार