सुर्खेतमा आफ्नै बनिरहेको घर बन्यो काल

२०७९ भाद्र ३१, शुक्रबार १३:२२ बजे

सुर्खेत : सुर्खेतमा आफ्नै निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु भएको छ। निर्माणाधीन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका १ धारापानी नजिक निवासी ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो।

छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल (कालागाउँ, सुर्खेत) मा बिहीबार साँझ मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार