कतार सरकारले नेपालका दुई एयरलाइन्सलाई लगायो रोक

२०७९ भाद्र ३१, शुक्रबार १३:३६ बजे

काठमाडौं : कतार सरकारले नेपालका दुई एयरलाइन्ससहित विभिन्न वायुसेवा कम्पनीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा रोक लगाएको छ। हमादबाट उडान आएकोमा साढे ३ महिनाको लागि दोहा विमानस्थलमा स्थानान्तरण गर्न कतार सरकारले निर्देशन दिएको हो।

विश्वकप फुटबललाई लक्षित कतारले आज १५ सेप्टेम्बरदेखि ३० डिसेम्बरसम्म यस्तो व्यवस्था लागू गरेको हो। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका १३ वायुसेवा कम्पनीका लागि यो व्यवस्था लागू गरिएको छ।

यी कम्पनीले अब साढे तीन महिना हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउने छैनन्। यसको सट्टा दोहा विमानस्थलबाट उडान गर्नुपर्नेछ। नेपाल एयरलाइन्सले सातामा चारवटा काठमाडौं–हमाद–काठमाडौं उडान गरिरहेको छ।

नेपाल एयरलाइन्समा यात्रा गर्नेहरू काठमाडौं विमानस्थलबाट कतारको दोहासम्म मात्र धेरै जान्छन्। दोहालाई ट्रान्जिट बनाएर अर्को गन्तव्य जान हमाद विमानस्थलमै पुग्नुपर्छ।

‘दोहा विमानस्थलमा ट्रान्जिटको सुविधा छैन। त्यसैले नयाँ व्यवस्थाबाट ट्रान्जिटका यात्रुलाई केही समस्या हुन्छ। तर नेपाल एयरलाइन्समा दोहा हुँदै अन्य गन्तव्य जाने यात्रुहरू खासै हुँदैनन्, भइहाले पनि हामी उहाँहरूलाई पूर्वसूचना दिईनेछ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार