आज नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

२०७९ भाद्र ३१, शुक्रबार १३:४९ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो।

महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तिब्र पारेको छ।

आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संरचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार