ओलीको कार्यक्रमका लागि विद्यालय नै बन्द

२०७९ भाद्र ३१, शुक्रबार १४:५३ बजे

सिरहा : सिराहामा विद्यालयको पठनपाठन नै ठप्प पारेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम गरिएको छ । गोलबजार–८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन नै ठप्प गरी ओलीको कार्यक्रम गरिएको हो ।

कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् । विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार