उत्तरगंगा जलाशयलाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन कमला रोकाको माग

२०७९ भाद्र ३१, शुक्रबार १५:३१ बजे

काठमाडौं : प्रतिनिधि सभा सदस्य कमला रोकाले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रोकाले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी हुन् ।

उनले पानीको वहाव बग्नेतिर नै आयोजनालाई अगाडि बढाउनुपर्ने बताइन् । उनले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानूनलाई मिचेर स्थानीय जनतालाई सताएको भन्दै सदनमा जानकारी गराइन् ।

उनले भनिन्, ‘हामीले बारम्बार यसको विषयमा कुरा उठाएका छौँ । सुन्दर ढोरपाटन जो प्राकृतिक हिसावले यसलाई नबिगारेर जुन पानीको वहाव बग्नेतिर यसको आयोजना अगाडि बढाउनुपर्छ भनेर रुकुमपूर्वको जनता र ढोरपाटनका जनताले बारम्बार यो विषयलाई अगाडि बढाइराखेको छ ।’

उनले थपिन्, ‘त्यसैले रणनीतिक महत्वको जुन पानीको वहाव बग्नेतिर यो आयोजनालाई अगाडि बढाउनका निम्ति म सम्बन्धित मन्त्रालयलाई भन्न चाहन्छु । ढोरपाटन आरक्षणमा अहिले नेपाली सेनाले नियम, कानूनलाई मिचेर त्यहाँका जनतालाई बारम्बार सताएको संसदमा जानकारी गराउन चाहन्छु ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार