कर्मचारी सन्चय कोषको ६१ औ वार्षिकोत्सब सम्पन्न

२०७९ भाद्र ३१, शुक्रबार १५:२७ बजे

काठमाडौं : कर्मचारी सञ्चय कोषको ६१ औ वार्षिकोत्सब सम्पन्न भएको छ । २०१९ साल मा स्थापित कर्मचारी सन्चय कोषको ३३ अर्ब आम्दानी भएको छ । कार्यक्रमा कोषमा जम्म हुने कोष रकम तथा कोषबाट प्रदान भएका विभिन्न सापटी रकमको बारेमा जानकारी गराईएको थियो ।


त्यस्तै आर्थिक बर्ष २०७८/७९मा सञ्चयकर्ताहरूको लागि पनि नयाँ प्रडक्टको रूपमा जग्गा खरिद कर्जा, घरकर्जा सापटी लागू भएका ३२ वटै जिल्लाहरुमा एकैपटक लागू गरिएको छ । कोषलाई एसोशिएसन अफ डेभलपमेन्ट फाइनानसिङ इन्सिच्युट अफ एसिया प्यासिफिकले गत बर्ष आइटीको प्रयोगमा भएको उपलब्धिको लागि अनलाइन सर्भिसेज, कोषमा विगत पन्ध्र वर्ष देखि कार्यरत कर्मचारीहरु तथा कोषमा पचिस वर्षसम्म काम गरेका कर्मचारीहरुलाई पुरिस्कृत गरी गरिएको हो ।

त्यस्तै विद्युत प्राधिकरणले सन्चालन गर्न लागेको माथिल्लो तमोर जलविद्युत आयोजनामा पनि सन्चय कोषले लगानी गर्ने भएको छ । विभिन्न बाणिज्य बैकले खुलाएको खाता मा १ अर्ब ९ करोड लगानी गरिएको छ । सञ्चयकर्ताका लागि पुराना सेवा सुविधालाई निरन्तरता दिने र यसमा वृद्धि गर्दै लगिएको छ ।

सञ्चयकोषका सुविधाहरु अन्तर्गत एउटा अवकाश भएपछि प्रतिफलसहित उनीहरुको नियमित अवकाशको रकम भुक्तानी गर्ने र अर्को उनीहरु सर्भिसमै रहँदा उनीहरुलाई विभिन्न कर्जा सुविधा दिने घरसापटी, विशेष सापटी, शैक्षिक सापटी, घरजग्गा खरिद सापटी, मर्मत सापटी तथा सरल चक्र कर्जा यिनै सापटीहरु हुन् । जसलाई सञ्चयकर्ताहरुले सेवामा रहँदा नै उपभोग गर्न सक्नेछन् । यस्तै, सामाजिक सुरक्षाका सुविधा अन्तर्गत कडा रोगको लागि १० लाख, अस्पताल भर्ना भइ उपचार गरेमा १ लाख बरावरको औषधोपचार खर्च सोधभर्ना, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपुर्ति, काजकिरिया खर्च आदी सेवा सुविधा प्रदान गरिएको छ ।

कोषकोे निमित्त प्रशासक चार्टड एकाउन्टेन्ट जितेन्द्र धिताले कार्यक्रममा बोल्दै सञ्चय कोषसँगै नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष पनि अवकाश कोषका रुपमा संचालनमा रहेको र बैंक तथा वित्तीय संस्था र अवकाश कोषहरु फरक रहेको बताए । ‘यिनीहरुको बिजनेस मोडालिटी र उद्धेश्य पनि फरक छ । राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुको नियमन नै पर्याप्त देखिन्छ । तर, अवकाश कोषहरुकालाई नियामक संस्थाको भने आवश्यकता महसुस हुन थालेको छ । सञ्चय कोष र नागरिक लगानी कोष अर्थमन्त्रालय अन्र्तगत र सामाजिक सुुरक्षा कोष श्रम मन्त्रालय अन्तर्गत छ । यी तिनवटै अवकाश कोषहरुको नियामक एउटै हुनु पर्छ जस्तो लाग्छ ’ उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार