गगन थापालाई पनि भेट्यो डेंगुले

२०७९ भाद्र ३१, शुक्रबार १५:१० बजे

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पनि डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार उनको स्वास्थ्य परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको बताईएको छ ।

बुधबार साँझ ज्वरो आएका उनको स्वास्थ्य परिक्षण बिहीबार गरिएको थियो । परिक्षण गरेपछि डेंगु संक्रमण भएपछि उनी हाल आफ्नो निवासमै आराम गरिरहेका छन् । पछिल्लो समय नेपालका धेरैजसो स्थानमा डेंगुको प्रकोप बढ्दो छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार