महानगरलाई मैले नै टुकुचा खोला देखाइदिएँ : जय नेपाल हलका मालिक

२०७९ भाद्र ३१, शुक्रबार १६:४० बजे

काठमाडौं :राजधानीको हात्तीसार स्थित जय नेपाल हलका मालिक उज्वल राणाले टुकुचा खोला आफूहरुले नपुरेको बताएका छन् । आफू जन्मनु अगाडि देखिनै हात्तीसारमा टुकुचा खोला नरहेको उनको दाबी छ । ‘म जन्मनु अगाडि देखिनै यो स्थान अहिले जस्तै थियो ।

बिहीबार काठमाडौं महानगरपालिकाले हल परिसरमा उत्खनन् गरेर टुकुचा फेला पारेको थियो । करिब १५ फिट तलसम्म उत्खनन गर्दा टुकुचा खोला बगेको भेटिएको थियो । त्यसरी उत्खनन् गर्दा हलमुनि टुकुचा खोला भेटिएपनि उक्त खोला आफूले नपुरेको राणाले दोहोर्याए । ‘

हल मेरो हजुरबुबाले महेन्द्र सरकारको पालामा बनाएको हो । मैले देखेदेखिनै यो स्थानमा हल यस्तै थियो र खोला थिएन’ राणाले भने क्युएफएक्सले पार्किङ बनाउँदा पनि भेटिएको थियो खोला

सो हल हाल क्युएफएक्सले भाडामा लिएर चलाउँदै आएको छ । क्युएफएक्सले भाडामा लिएपछि अन्डरग्राउन्ड पार्किङ बनाउन लाग्दा पनि खोला भेटिएको उनको भनाइ छ ।

महानगरले हलमुनिको खोला आफ्नै सहयोगमा उत्खनन गरेको राणाको दाबी छ । ‘क्युएफएक्सले खोतल्दा भेटिएकाले खोला मैले मार्क गरेको राखेको थिएँ’, राणाले भने ‘मैले नै यहाँ खोतल्दा भेटिन्छ भनेर देखाएको हो ।’

राणाले पुरानो संरचना फर्किन्छ भने आफू महानगरपालिका र सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए । राणाले भने, ‘पुरानो संरचना फर्किन्छ भने मेरो जग्गा गएपनि आपत्ति छैन ।’ यस्तै पुरानो संरचना फर्काउँदा फिल्म हल बन्द नहुने राणाले सुनाए । अहिले खोलो उत्खनन् गर्दा आफ्नो ६–७ आना जग्गा भने जाने उनको भनाइ छ ।

‘अहिले मानिसहरु खोलो निकाल्दा हल भत्किन्छ भनेर उफ्रिरहेका छन् । त्यो होइन, पार्किङ मात्र जान्छ’, उनले भने ।खोलाको विषयमा क्युएफएक्सका सञ्चालक नक्किम उदिनले पनि राणाकै कुरा दोहोर्याए । ‘जय नेपाल हलमा एक पटक ढल जाम भयो । ढल पनि मिलाउनु पर्यो ।

पार्किङ पनि बनाउनु पर्यो भनेर हामीले खनेका थियौँ,’ उदिनले भने ‘त्यो समय खोला भएको ठाउँ मार्क गरेर हामीले पुरेका थियौँ ।’ १९४२ मा टुकुचा पुरिएको आफूले सुनेको उदिनले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार