सबैभन्दा बढी मतदाता मोरङमा र सबैभन्दा कम मनाङमा

२०७९ भाद्र ३१, शुक्रबार १८:०२ बजे

काठमाडौं : आगामी मंसिर ४ मा हुने निर्वाचनमा सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता रहेको जिल्ला गण्डकी प्रदेशको मनाङ रहेको छ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली शुक्रबार प्रकाशन गर्दै ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेको जनाएको हो भने मनाङमा सवैभन्दा कम ६ हजार ७७९ जना मतदाता रहेका छन् ।

मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार