देउवालाई प्रश्न गरेर चर्चामा आएका ढकाल भन्छन् : बिजोग रहेछ डडेलधुरा

२०७९ भाद्र ३१, शुक्रबार १८:१४ बजे

धनगढी : पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव लड्न डडेलधुराका गाउँ घुमिरहेका हुन् ।

४० वर्ष मुनिका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुपर्ने एजेण्डा लिएर ५२ वटै वडामा सहयोगी समूह विस्तार गरिरहेको ढकाल बताउँछन् । ‘१०/१२ वटा देश घुमें, अहिले डडेलधुरामा विकास कस्तो रहेछ भनेर गाउँ–गाउँ गइरहेको छु’, ढकाल भन्छन् । ‘बिजोग रहेछ डडेधुरा’

डडेलधुराको गाउँघर घुम्नुको उद्देश्यमा सागर ढकालको सार्वजनिक घोषणा छ– आगामी चुनावबाट सांसद बन्ने ।प्रधानमन्त्री देउवाकै क्षेत्रबाट सांसद बन्ने तयारीमा जुटेका ढकाल, प्रत्येक वडामा ३५० जनासम्म जोडिएको दाबी गर्छन् ।

‘डडेल्धुराको गाउँगाउँ हिंड्दा जुकाले टोकेर खुट्टा सुन्निएका छन्’ ढकाल भन्छन्, ‘तैपनि कुनाकुना र वडा-वडामा गएर हेर्दैछु । समस्या बुझिसकेपछि क्षेत्रीय एजेन्डा हुन्छन् । भोलि चुनाव चिह्न पाउँछौं ।’

आगामी निर्वाचनमा देशभरबाट २० जना स्वतन्त्र उम्मेदवारले जितेमा प्रधानमन्त्री बन्न सक्ने उनको आकलन छ । डडेलधुराका गाउँ-गाउँमा पनि सागर र बालेनहरूको पुस्ता आउनुपर्छ भन्ने आवाज भएकाले उत्साहित बनेको उनले सुनाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार