इस्लिङटन कलेजको छात्रवृत्ति समारोह २०२२ सम्पन्न

२०७९ भाद्र ३१, शुक्रबार २०:३६ बजे

काठमान्डौ : इस्लिङटन कलेजले AAA Scholarship Award Ceremony 2022 (AAA छात्रवृत्ति समारोह २०२२) को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

Academics (प्राज्ञिकता/शिक्षा), Attendance (उपस्थिति/हाजिरी) र Attitude (आचरण) लाई एकै सूत्रमा बाँध्ने यस AAA Scholarship को उद्देश्य शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति पुरस्कारका मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहित गर्नु रहेको बताईएको छ ।

छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। २ करोड राशीको पुरस्कार रहेको विशेष पुरस्कारका लागि प्राज्ञिक सदस्यहरूद्वारा योग्यताका आधारमा ६४ विदयार्थीहरूको छनोट गरिएको थियो । २७८ जनाबाट ६४ जना छान्न निकै चुनौतिपूर्ण अबस्था रहेको थियो ।

कलेजले विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण इस्लिङ्टन कलेज परिवारका माझ कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कृत वितरण गरेका थिए।

छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको कलेजले दाबि गरेको छ। यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले गर्दा उनीहरूको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने कलेजले विश्वास लिएको छ ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार