आजको तरकारी तथा फलफूलको मूल्य

२०७९ पुष १, शुक्रबार ११:०९ बजे

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६ रुपैया, रातो आलु ५१ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा २८ रुपैयाँ ८० पैसा, राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ २५ पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार