रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

२०७९ पुष १, शुक्रबार ११:२३ बजे

सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने जानकारी दिएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए । तर आज उनलाई बर्खास्त गरेको छ ।

विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो । यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो। उनले रोनाल्डो सधैँ उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार